२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको सरकारसंग माग

विपक्षी गठबन्धनले बाढी, पहिरो पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग  गर्दे  उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई  समेत आह्वान  गरेको  छ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी  गर्दै उक्त आव्हान गरेका हुन्।  

‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोगको  चाहियो,’ विज्ञप्तीमा भनिएको छ, ‘ घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं।

बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरेका उनीहहरुले  सरकर प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको जनाएका छन्।  त्यस्तै  गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान  समेत गरेका छन्।

प्रकाशित: ३ असार २०७८ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App