१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काजकिरियाको कर्म गराउन गएका पण्डितकै मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा कटहरेबाट काजकिरिया सम्बन्धी काम गराउन मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ पुगेका एक पण्डितको मृत्यु भएको छ। मृत्यु हुनेमा हाङ्देवा कटहरेका हरिप्रसाद घिमिरे रहेका छन्। उनी मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ डाँडागाउँकी बिद्याश्वरा कार्कीको मृत्युपछि काजकिरिया सम्बन्धी काम गराउन त्यहाँ पुगेका थिए।  

सोही घरकी बुहारी लीलादेवी कार्कीका अनुसार बेलुका खाना खाएर सुतेका पण्डित घिमिरेलाई बिहान मृत अवस्थामा देखिएको थियो। कार्की परिवारले पण्डित घिमिरेका लागि आफ्नो भन्दा पल्लो घरमा बस्ने व्यवस्था गरेका थिए। सधैं पनि ४ बजेतिरै आगो तापेर बस्ने पण्डित घिमिरे शनिबार बिहान पनि उनले आगो तापेर बस्ने ठाउँमै मृत भेटिएको स्थानीयले बताएका छन्। 

प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।

प्रकाशित: २२ जेष्ठ २०७८ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App