२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । कोरोनाको दोस्रो लहर आएपछि तेस्रोपटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।

कोरोना संक्रमण दर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । संक्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने बताइएको छ । साथै पूर्वस्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन हुने छन् भने जिल्ला भित्रिने सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ । गाडीमा रहेका व्यक्तिहरुको खोड्पेमा एन्टिजेन परीक्षण गरिने र नेगेटिभ आएकालाई गन्तव्यमा पठाइनेछ भने पोजेटिभ आएकालाई आइसोलेसनमा राखिने जनाइएको छ । 

जिल्लामा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने ४ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: १७ जेष्ठ २०७८ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App