७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना संक्रमणका कारण ताप्लेजुङमा एक वृद्धाको मृत्यु

ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। कोभिड संक्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो। वृद्धाको मृत्युपछि जिल्ला अस्पताल ताप्लेजुङमा नमुना परीक्षण गर्दा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।  

वृद्धामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दाहसंस्कार गर्नेगरी आफन्तलाई पाँच थान पीपीई सेट दिएर पठाएको प्रजिअ पाण्डेले बताए। परिवार स्रोतका अनुसार वृद्धामा केही दिन अघिदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App