१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निषेधाज्ञा उलंघन गर्ने पाँच व्यापारी पक्राउ

फाइल तस्बिर

कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको निषेधाज्ञा उलंघन गर्ने वीरेन्द्रनगरका पाँच व्यापारीलाई प्रशासनले पक्राउ गरेर जरिवाना तिराएको छ। निषेधाज्ञा उलंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले जानकारी दिए।

पक्राउ परेकाहरुलाई संक्रमण रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रतिव्यक्ति तीन हजार एक सय रुपैयाँ जरिवाना तिराएर छोडिएको थियो। ‘निषेधाज्ञाको उलंघन गर्दै तोकिएको समयबाहेक पसल सञ्चालन गर्ने पाँच जनालाई पक्राउ गरेका थियौं,’ एसपी भट्टले भने, ‘संक्रमण रोग ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेपछि छोडेका छौं।’  

एसपी भट्टले कोरोना संक्रमण बढ्दै गएकाले जारी निषेधाज्ञालाई सबैले पालना गर्नुपर्ने बताए। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बैशाख १४ गतेदेखि ३१ गतेसम्मका लागि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ।

बढी भाडा असुल्ने पक्राउ

प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने चालक र सह–चालकलाई पक्राउ गरेको छ। निषेधाज्ञाका बेला सवारी चलाएर यात्रुसँग बढी भाडा असुल्ने बा४ख–८३२ नम्वरको मिनी बसका चालक बर्दिया बासगढी नगरपालिका–२ का भिमसेन नेपाली र सह–चालक दैलेख गुराँस गाउँपालिका–१ का धनसिंह विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। यात्रुहरुको गुनासोपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मिनी बस तथा चालक र सहचालकलाई छिन्चुमा पक्राउ गरेको थियो। 

प्रकाशित: २८ वैशाख २०७८ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App