१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।  

केराबारी गाउँपालिका–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका थिए। ट्याक्टरको ठक्करबाट को ३४ प ९०६९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय नरेशकुमार सोडारीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  

ठक्करबाट घाइते भएका सोडारीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो पौने १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालक केराबारी–१० का २१ वर्षीय उमेश मल्लिकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।  

त्यस्तै सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने (केराबारी सडक खण्ड)को जंगलमा दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि एक जना घाइते भएको प्रहरीले जनाएको छ।  

दक्षिण आउँदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले विपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट मोटरसाइकल चालक बेलबारी नगरपालिक–९ डाँगिहाटका २६ वर्षीय सुरेशकुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका चौधरीको उपचारका क्रममा नोबेल अस्पतालमा दिउँसो २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।  

मोटरसाइकलको पछाडि सवार झापा धरमपुर घर भई बेलबारी–११ लक्ष्मीमार्ग का ३४ वर्षीय रुपेश अधिकारी घाइते भई नोबेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने  टिपर र चालक उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय विर्खबहादुर धिमाललाई नियन्त्रण लिइ कारबाही अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App