२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङले दुईजनाको मृत्यु, पशुचौपायाको क्षति

स्याङजा र बागलुङमा एकएकजनाको मृत्यु

चट्याङ लागेर बागलुङ र स्याङजामा एकएक गरि दुईजनाको मृत्यु भएको छ । चट्याङले एक महिला घाइते भएकी छिन् । पर्वत र बागलुङमै चट्याङ लागेर पशुचौपाया मरेका छन् भने विद्युत गृहमा समेत क्षति पुगेको छ ।  

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार विहीबार बेलुकी साढे ६ बजे चट्याङ पर्दा बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने वर्ष ४५ का खिमलाल कँडेल र स्याङ्जा फेदीखोला गाउँपालिका–५ बाँयफडके बस्ने वर्ष ३९ का ईश्वरी लामिछानेको मृत्यु भएको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहनप्रसाद पोखरेलले चट्याङले मानवीय र भौतिक क्षति पु¥याएको बताए ।  

प्रहरीका अनुसार बागलुङका कँडेल गोठमा जाने क्रममा पानीसँगै परेको चट्याङ्ले लागि घाईते भई उपचारको लागि धवलागिरी अस्पताल पठाएकोमा राती सबा १० बजे मृत्यु भएको थियो । त्यस्तै स्याङजाका लामिछाने घरमा बसिरहेको अवस्थामा परेको चट्याङको आवाजले बेहोस भई उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल ल्याएकोमा बेलुकी ८ बजे मृत्यु भएको हो ।  

त्यस्तै बाग्लुङ ताराखोला गाउँपालिका–३ रातामाटा बस्ने वर्ष ४५ कि कृष्णकुमारी कार्की घरमा बसिरहेको अवस्थामा चट्याङको झड्काले लागि घाईते भई उपचारको लागि स्थानीय सनराईज स्वास्थ्य क्लिनिकमा पठाइएको एसएसपी पोखरेलले बताए ।  

एसएसपी पोखरेलका अनुसार पर्वत जलजला गाउँपालिका–८ लुपराङमा हावाहुरी र पानीसंगै परेको चट्याङ्ले स्थानीय धनबहादुर रेग्मीको एउटा भैंसी, तिलक रेग्मीका दुईवटा बाख्रा र मोतीराम पाध्यको एउटा गोरु चट्याङ लागेर मरेका छन् । त्यस्तै वर्षासँगैको चट्याङ लागेर बाग्लुङको निसिखोला गाउँपालिका–२ जेलधारा बस्ने लिलबहादुर बिकको गोठमा बाँधेको एउटा गोरु मरेको छ । त्यसैगरि पाँचखोला लघु विद्युत आयोजनाको मुख्य तार जल्दा विद्युत समेत अवरोध भएको एससएसपी पोखरेलले बताए । 

प्रकाशित: ३ वैशाख २०७८ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App