११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
समाज

हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण

क्रियाखर्चवापत रकम वितरण गर्दै वन अधिकृत शर्माको टोली। तस्विरः महेश्वर

अघिल्लो दिन जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिवारलाई डिभिजन वन कार्यालय उयदपुरले क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको छ। डिभिजन वनका कर्मचारी शुक्रबार राईको घरमै पुगेर परिवारजनलाई क्रिया खर्चवापत ५० हजार रुपैयाँ प्रदान गरेको हो।

डिभिजन वन अधिकृत हिरालाल शर्मा नेतृत्वको कर्मचारी टोली बेलका नगरपालिका ६ सुकुम्बास्थित राईको घरमै पुगेर क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) गजेन्द्र श्रेष्ठले बताए। डिएफओ श्रेष्ठका अनुसार दुःखमा परेका बेला तत्काल राहत स्वरुप क्रिया खर्च उपलब्ध गराइएको हो।

७३ वर्षीय वृद्ध राईको बिहीबार दिउँसो बाटैमा जंगली हात्तीको आक्रमणमा निधन भएको थियो। नजिकैको पसलबाट घरायसी सामान किनेर घर फर्कदै गरेका राईलाई ३ः०० बजेको समयमा अचानक बाटोमा निस्केको हात्तीले आक्रमण गर्दा घट्नास्थलमै निधन भएको थियो।

वन एैन अनुसार हात्तीलगायत जंगली जनावरको आक्रमणबाट कसैको मृत्यु भए १० लाखसम्म क्षतिपूर्ति र क्रियाखर्च ५० हजार उपलब्ध गराउनुपर्ने नियम छ। जस अनुसार हाललाई क्रिया खर्चवापतको रकम दिइएको र बाँकी १० लाख भने मृत्यु दर्ता र अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उपलब्ध गराइने डिएफओ श्रेष्ठले बताए।

प्रकाशित: ११ मंसिर २०८३ १९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App