२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी किसी सम्मानित

नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। शुक्रबार नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारणसभामा उनलाई वाग्मती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा नगद १५ हजार रूपैयाँसहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

कार्यक्रममा अन्य दुई पत्रकार र एउटा सञ्चारगृहलाई पनि सम्मान गरिएको छ। वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको हो। 

बौद्ध धर्मसम्बन्धी सामग्री प्रचारप्रसारमा योगदान दिएको भन्दै बोधी टेलिभिजनलाई भिक्षुकुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। यस्तै सगरमाथा आरोही कल्पना महर्जनलाई पनि विशेष पुरस्कारबाट पुरस्कृत गरिएको छ।

प्रकाशित: २१ चैत्र २०७७ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App