२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए।

“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखेपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने,“राति घाइते बाघको मृत्यु भयो।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ।  

“शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ”, उनले भने,“अहिले हामी अनुसन्धान गर्दैछौँ।” उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए। निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन्। रासस

प्रकाशित: १७ चैत्र २०७७ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App