१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किन मनाइन्छ ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस?

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा सुन्नु भएको छ। सञ्चारमाध्यमहरुमा यससँग सम्बन्धित समाचारहरू पनि हेर्नुभएको छ। तर किन यो दिवस मनाइन्छ? र यो कहिलेबाट मनाउन सुरु भयो ? यो विरोध हो कि उत्सव? तपाईंलाइ थाहा छ? किन मनाइन्छ त अन्तर्राष्ट्रिय महिला दिवस। 

अन्तर्राष्ट्रिय महिला दिवस एक श्रम आन्दोलन थियो। जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमका रुपमा अनुमोदन गरेको थियो। सुरुवात सन्  १९०८ मा भयो। जब १५ हजार महिलाहरूले न्यूयोर्क शहरमा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

एक वर्ष पछि, अमेरिकन समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो। तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिन नामकी महिलाको दिमागमा आयो। उनले आफ्नो विचार १९१० मा कोपेनहेगनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा दिएकी थिईन्।

यो सम्मेलनमा १७ देशका १०० महिला प्रतिनिधिहरू उपस्थित थिए सबैले क्लाराको सल्लाहलाई स्वागत गरे। यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा सिर्जना गरिएको थियो। यसको शताब्दी कार्यक्रम २०११ मा मनाइएको थियो। त्यसैले विश्वले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँने गर्दछ।

यद्यपि यो समारोह आधिकारिक रूपमा १९७५ मा सुरू भयो जब संयुक्त राष्ट्र संघले यस समारोहको उत्सव मनाउन थाल्यो। संयुक्त राष्ट्र संघले  १९७६ मा पहिलो पटक यसको कार्यक्रममा एउटा विषयवस्तु अपनाएको थियो। त्यो बिषय थियो, 'विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस्।'

क्लारा जेटकिन जसले १९१० मा अन्तर्राष्ट्रिय महिला दिवसको सुरूवात गरिन्।

यो ८ मार्चमा आयोजित छ। जब क्लाराले अन्तर्राष्ट्रिय महिला दिवसको उपाय दिईन्।  उनले कुनै खास दिन उल्लेख गरिनन्। १९१७ सम्ममा कुन दिन अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गरिनु पर्छ भनेर कुनै स्पष्टता थिएन। सन् १९१७ मा रूसका महिलाले रोटी र शान्तिको मागको साथ चार दिनसम्म प्रदर्शन गरे। तत्कालीन रूसी जारले सत्ता त्याग्नुपर्‍यो र अन्तरिम सरकारले महिलालाई मतदान गर्ने अधिकार पनि दियो।

रसियामा प्रयोग गरिएको जुलियन क्यालेन्डरका अनुसार रूसी महिलाले विरोध प्रदर्शन सुरु गर्ने दिन २३ फेब्रुअरी आइतवार हो। ग्रेगोरियन क्यालेन्डरका अनुसार उक्त दिन आठ मार्च थियो र त्यस दिनदेखि अन्तर्राष्ट्रिय महिला दिवस यस दिनको रूपमा मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय महिला दिवस झल्काउने रंगहरू बैजनी, हरियो र सेतो रंगहरू हुन्। अन्तर्राष्ट्रिय महिला दिवस अभियानका अनुसार बैजनी न्याय र मर्यादाको सूचक हो। हरियो आशाको रंग हो। सेतोलाई शुद्धताको सूचकको रूपमा लिइन्छ। यी तीनवटै रंगहरु बेलाइतको महिला सामाजिक र राजनीतिक संघ डब्ल्यूएसपीयूले सन् १९०८ मा तय गरेको थियो ।

रसियालगायत विश्वका धेरै देशहरूमा अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय बिदा दिइन्छ। रसियामा ८ मार्चको आसपासका तीनचार दिनमा फूलको बिक्री दुई गुणा हुन्छ। चीनमा ८ मार्चमा महिलाहरूलाई आधा दिनको विदा दिइन्छ। इटालीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मानिसहरूले एक अर्कालाई शिरिषको फूल दिन्छन्। यस परम्पराको सुरूवाती कारण स्पष्ट छैन। तर यो प्रचलन दोस्रो विश्वयुद्ध पछि रोममा सुरू भएको विश्वास गरिन्छ।

अमेरिकामा मार्च महिनालाई महिला इतिहासको महिना मानिन्छ। यस महिनामा राष्ट्रपतिले अमेरिकी महिलाको उपलब्धिहरु लाई सम्मान गर्छन्। जुन हरेक बर्ष जारी गरिन्छ। यद्यपि यस पटक कोरोना संक्रमणलाई ध्यानमा राख्दै विश्वभरि भर्चुअल कार्यक्रमहरुको आयोजना गरिने छ। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित: २४ फाल्गुन २०७७ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App