२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक संजालमा पोष्ट गरिने ब्यक्तिगत सूचना तथा गतिविधिले साइबर अपराध बढाउँदै

के तपाई सामाजिक संजालमा आफ्नोबारे केही सूचना लेख्दै हुनुहुन्छ? यदि त्यसो गर्दै हुनुहुन्छ भने सावधान बन्नुस है। किन भने सामाजिक संजालमा आफैले लेखेको सूचानानै आफ्नो लागि खतरा बन्ने गरेको रहस्य खुलेको छ।  

नेपालमा विगत ३१ वर्षदेखि बालबालिकाको समग्र सुरक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था सिविन नेपालले मंगलबार आयोजना गरेको नेपालमा बालाबलिकालाई अनलाइन अपराधमा फस्नबाट बचाउनेबारे पत्रकारको भूमिका अभिमुखिकरण कार्यक्रममा नेपाल प्रहरी साइवर ब्युरोका एसपी पशुपति रायले सामाजिक संजालमा पोस्ट गरिने सानासाना ब्यक्तिगत सूचनानै खतरा उत्पन्न गराएको औल्याए। उनले अनलाइन लाइन्ड सेक्सुयल एक्प्लोआइटेसन एन्ड एबियुज बारे प्रस्तुति गर्दै उनले आफूले पोस्ट गरेको सूचना अन्य साइबर अपराधीहरुले विश्लेषण गरिरहेको र त्यही सूचनाको आधारमा साइवर अपराध हुने बताए। यसमा पनि बालबालिकाहरु बढी फस्ने गरेको उनको भनाइ छ।

‘हाम्रो ब्युरोले गरेको अध्ययन अनुसन्धानले तपाई आफैले पोस्ट गरेको ठेगाना, खवाइ, लवाइ, हसाइ, रुवाइ, घुमफिर ,सेवासुविधाको प्रयोगलगाएतका सम्पूर्ण सूचनालाईनै साइवर अपराधीहरुले विश्लेषण गरिरहेका हुन्छन्,’ एसपी रायले भने ‘त्यहाँबाट प्राप्त सूचनाकै भरमा उनीहरुले अपराध गर्ने हतियार बनाएर नै साइवर अपराध गरिरहेका छन्।’ उनले यथर्था सुनाए ‘सोमबार मात्र ६ जनालाई साइवर क्राइममा मैले पक्राउ गरी कारवाही अगाडि बढाए। चार जनालाई पूर्वपक्षका लागि कोर्टमा पठाए। जसमा दुई नाबालक छन्। उनीहरुलाई सेफ होममा राखेर कानूनी कारवाही भइरहेको छ। उनीहरुले अनलाइन शोषणको वातावरण बनाएर अश्लिल भिडियो बनाउने र शोषण गर्ने गरेका थिए।’

उनका अनुसार आर्थिक वर्ष ०७७/०७८मा कुल देशभरिबाट साइवर अपराधबाट पीडित कुल ९३ बालबालिकाको केस ब्युरोमा दर्ता भएको छ। जसमध्ये बालिकाहरुको सख्या बढी छ। २४ बालक पीडित छन् भने बालिकाहरु ६९ पीडित बनेको ब्युरोको तथ्याँक छ। यसमा पनि १५ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु बढी जोखिममा रहेको उनले जनाए। ‘लकडाउनको समयमा बालबालिकाहरु अध्ययनको नाममा अनलाइन प्रइोग गर्ने र त्यहीबाट गलत बाटोमा लागेको देखिन्छ,’उनले भने ‘त्यही भएर अभिभावकहरुले पनि आफ्ना नानीहरु के गर्दै छन्, नेटमा कोसँग कुरा गर्दै छन्? कस्तो सूचनाहरु पोस्ट गर्दै छन् सबै विषयमा सोधिखोजी गर्नु पर्छ।’

उनले बालबालिकाहरुलाई अनलाइन विभिन्न अपराधहरु हुन सक्ने बताए। जसमा विशेष गरी अपराधहरुमा साइबर बुलिङ, साइबर स्टकिङ, साइबर हरासमेन्ट, अनलाइन गु्रमिङ, आलमया चाइल्ड सेक्सुयल एबियुज, साइभ स्ट्रीमिङ अफ चाइल्ड सेक्सुयल एबियुज लगाएतमा बालबालिकाहरु पीडित बन्ने गरेको उजुरी ब्युरोमा आउने गरेको छ। ‘यति सम्म कि सोच्नै नसकिने अनलाइन अपराध हुन थालेको छ। अब अपराधका नयाँ स्वरुपहरु देखिएका छन् ,’उनले भने ‘सामाजिक संजालको प्रयोग गरेरै चरित्रहत्या गर्ने, ठगी, धम्की, मानवबेचविखन तस्करी तथा फिरौतिको मुद्दाहरु आएका छन्।’ उनले थपे ‘यति हुँदाहुँदै पनि सामाजिक संजालका फाइदाहरु पनि छन्। अनुसन्धानमा सहयोगी बनेको छ। भने सामाजिक संजालबाटै जिवन रक्षाको काम पनि भएको छ।’ उनका अनुसार प्रविधिको दु्रत विकास, अन्तर्राष्ट्रिय क्षेत्राधिकार, अब्यवस्थित इन्टरनेट सेवाको प्रयोग, कानूनी कठिनाई र सुरक्षित प्रविधिको प्रयोग नहुनुनै अनलाइन अपराधका मुख्य चुनौतिहरु हुन्।  

कार्यक्रममा अर्का प्रस्तोता एन्टीना फाउन्डेसनका कार्यकारी निर्देशक बाबालिकाको मुद्दा मिडियाहरुमा प्राथमिकतासाथ उठाउनु पर्ने विचार राखे। उनले हाल बालबालिकाको सवालमा विशेष गरी बालिकाको सवालमा नकरात्मक विषयलाई मात्र पत्रपत्रिकाले प्राथमिकता दिएकोमा दुःख ब्यक्त गर्दै उनले अबको समयमा अपराध हुन नदिन बालबालिकाबारे शेषण तथा अपराधका साना साना विषयलाई पहिलेनै प्रथमिकतासाथ उठाएमा अपराध हुनबाट जोगिने सुझाए।  

यसैगरी अनलाइनमा नग्न फोटो तथा भिडियो बनाएर हाल्न दबाब झेल्नेहरुमा केटाहरु बढी रहेको सिविनले सन् २०२०मा सातै प्रदेशमा गरेको नेपालमा बालबालिकाको अनलाइन यौन शोषण समबन्धी अध्ययनबाट प्रष्ट भएको छ। सिविनले ९ वर्षदेखि १९ वर्ष उमेर समूहका एक हजार सात सय १४ बालबालिका तथा किशोर किशोरीबीच अध्ययन गरेको थियो। अध्ययनले नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरुमा प्रेमिप्रेमीका, दौतरी, सबै भन्दा नजिकका साथीहरु र कतिपय अवस्थामा अपरिचित ब्यक्तिहरु समेत रहेको अध्ययनको निष्कर्ष छ। यसकासाथै केही विदेशी मुलका मानिसहरु पनि यस्ता गतिविधिमा संलग्न रहेको अध्ययनले देखाएको छ।  

‘यौन प्रेरित सामग्रीहरु पठाउने माध्यममा प्रेमिप्रेमीका, दौतरी र सबैभन्दा नजिकको साथीको हकमा अधिकतर सामाजिक नेटवर्कीङ साइटहरु र ईमेल प्रयोगमा रहेको पाइएको छ,’ अध्ययनको प्रतिवेदनमा उल्लेख छ ‘अपरिचत र विदेशीलाई पठाउने माध्यमका रुपमा सामाजिक नेटवर्किङ साइटहरु, ईमेल, अज्ञात लिंक र फोन समेत प्रयोग भएको देखिएको छ।’

प्रकाशित: १५ फाल्गुन २०७७ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App