४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु ७ घाइते

   गुल्मीमा आज (बुधबार) साँझ पख भएको जिप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन । सदरमुकाम तम्घासबाट रेसुङा नगरपालिका १४ पराल्मी जाँदै गरेको जिप पराल्मि वडा कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी पराल्मीका एकबहादुर पोखरेल,शन्त नेपाली र गोमा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । पोखरेलको घटना स्थलमै र दुइ जनाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको डिएसपि पाण्डेले बताए । जिपमा सवार ७ जना घाइते भएका छन । एक जना बालिका सहित ३ जना सकुशल छन ।

घाइते मध्ये २ जनालाइ थप उपचारकालागि पाल्पा पठाइएको र अन्यको तम्घासमै उपचार भइरहेको डिएसपि पाण्डेले बताए । उनका अनुसार जिपका चालक समेत गम्भिर घाइते भएका छन ।  तम्घासबाट पराल्मीकालागि छुटेको लु १ ज १९८८ नम्बरको जिप पराल्मी वडा कार्यालय नजिकै सडकबाट करिब ८ सय मिटर तल खसेको घटना स्थल पुगेका गुल्मी ट्राफिकका हवलदार नबिन भण्डारीले बताए । साँगुरो र चिप्लो बाटोमा तिब्र गतिका कारण जिप अनियन्त्रित भइ भिरतिर मोडिएको स्थानीयले बताएपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित: ५ फाल्गुन २०७७ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App