coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प

राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।

नगर प्रमुखको निर्देशन पालना गर्दे नगर पालिकाका शाखा प्रमुख राजापुर नगरपालिका उपस्थित भएका छैनन्। प्रशासन प्रमुख खड्गवहादुर वली र लेखा प्रमुख वसन्त मल्ललाई साथ लिएर नगर प्रमुख थारुले अन्य कर्मचारीलाई कार्यालयमा हाजिर गर्न दिएको कर्मचारीले बताए।

राजापुर नगरपालिकामा कार्यालय कामकाज तीन दिनदेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। हाजिर रष्जिष्टर लिएर लेखा प्रमुख र प्रशासन प्रमुख अनुगमनको बहानामा नेपालगंजमा घुमफिर गरिरहेको स्रोतको दावी छ। नगरपालिका भित्रका आधा दर्जन शाखा प्रमुख अधिकांश कार्यालय नआएको तीन दिन भएको एक कर्मचारीले बताए।

नेकपाका प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई समर्थन गर्न काठमाडौ गएका राजापुर नगरपालिका नगर प्रमुख शिवप्रसाद थारुले कार्यालय नआएर कर्मचारीलाई काम नर्गन दवाव दिएका हुन्।

प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशक्त बनाउन कार्यालयको स्रोत साधन दुरुपयोग आलोचना खेपिरहेका नगर प्रमुख थारु र उपप्रमुख मनकला चौधरीको विरोधमा प्रतिपक्ष जनप्रतिनिधि अर्को आान्दोलनको तयारी गरेको छ।

यतिवेला आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत नहुँदा यसअघि भएका गलत काम सार्वजनिक हुनेकि भन्ने मनोत्रासमाा नगर प्रमुख थारु रहेको एक वडा अध्यक्षले बताए। नेकपाभित्र भएको फुटपछि नगर प्रमुख थारु र उपप्रमुख चौधरी प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशत्त बनाउन नगरपालिकाको स्रोत साधन दुरुपयोग गरेको आरोप छ।

जिल्लाभित्र हुने आन्दोलनका लागि नगरपालिका स्रोत साधन प्रयोग गरेर नगर पालिका आर्थिक भार व्योहोर्न परेको भन्दै कांग्रेसका समर्थक पनि नगर प्रमुख र उपप्रमुखदेखि रुष्ट छन्।

नगर प्रमुख र उप प्रमुखको धम्की र मानसिक यातनापछि कर्मचारी आंतकित भएको उनीहरुको भनाइ छ। दुई वर्षअघिदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत खुलेर माओवादी समर्थक अभिव्यक्ति दिँदा समेत विरोध नजनाएको राजापुर नगरपालिक वडा नम्बर ४ का अध्यक्ष रमन रेग्मीले बताए। ‘२० जना कार्य समितिमा कांग्रेसका १५ जना छन्’ वडा अध्यक्ष रेग्मीले भने,‘तत्कालिन हाकिम वसन्तराज अधिकारी माओवादी हुँ भन्दा हामी चुप लाग्यौ, विरोध गर्दा सेवाग्राही मर्कामा पर्छन् भनेर विरोध भएन, मन्त्रालयले सिनियर शाखा अधिकृत पठाउँदा कर्मचारी कार्यालय नआउन धम्की दिने नगर प्रमुखको कस्तो रवैया हो।’  

स्रोतका अनुसार प्रचण्ड(माधव नेपाल पक्षधर नगर प्रमुख थारुले आन्दोलनको नाममा लाखौं रुपैयाँ खर्च गरेको र विल भर्पाइ मिलाउन असहज हुने भएपछि नगर प्रमुख थारु र उपप्रमुख चौधरी मिलिमत्तोमा कार्यालयको कामकाज ठप्प पार्न उर्दी गरेको स्रोतको दाबी छ। खर्च सार्वजनिक हुने होकि भन्ने मनोत्रास रहेकाले नगर प्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध खनिएका वडाध्यक्षको आरोप छ।

कर्मचारीका अनुसार पहिलेका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जिवि गिरी र लालवहादुर योगीलाई समेत नगर प्रमुख थारुले पटक पटक मानसिक दबाब दिँदै आएका कारण सरुवा मागेर गएको आरोप नगर प्रमुख थारु लागेको अर्को आरोप हो। राजापुर नगरपालिकामा १० वटा वडा छन्। त्यसमध्ये ७ वटा कांग्रेसका प्रतिनिधिले वडा जितेका छन्। कार्यपालिकामा २० जनामा १५ जना कार्यपालिका सदस्य कांग्रेसका जनप्रतिनिधि छन्। बहुमत कार्यपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृत पक्षमा देखिएका छन् भने नगर प्रमुख र उप प्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतको विरोधमा छन्।

आफू लाई मन्त्रालयले सरुवा गरेपछि कार्यालयमा हाजिर हुन आएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए। ‘नगर प्रमुख फोन गरेको दिएको मानसिक यातना सहेर बस्नु परेको छ,’ उनले भने, अहिले मेरो भन्नु केही छैन,मन्त्रालयले सरुवा गरेको ठाउँमा नगएर कहाँ जाउँ त ?’ नगर प्रमुख निर्देशन अनुरुप काम गर्ने वाचा गर्दा गर्दे मलाई नस्वीकार्नु विडम्बना भएको उनको भनाइ छ। ८ वटा पालिका प्रमुख भएर अधिकृत न्यौपानेले काम गरिसकेका छन्। जहाँ गएपनि न्यौपाने भष्टाचारविरुद्धमा काम गर्दा सेवाग्राही माँझ लोकप्रिय र परिचित अधिकृत हुन्। मन्त्रालयले आफूलाई नसोधेर प्रमुख प्रशासकीय अधिकृत खटाएकाले रुष्ट भएको नगर प्रमुख थारुले बताए। ‘अपारदर्शी नगर प्रमुख भनेर लगाएको आरोप कपोकल्पित हो’ उनले भने,‘स्थानीय सरकारलाई वा नगर प्रमुखलाई सोधेर कायालय प्रमुख नखटाएकाले मेरो विरोध हो।’

प्रकाशित: ५ फाल्गुन २०७७ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App