१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रथम आवधिक योजना पुस्तक सार्वजनिक

आवधिक योजना पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत। तस्बिर : नागरिक

प्रदेश नीति तथा योजना आयोगले तयार गरेको प्रथम आवधिक योजना पुस्तक सार्वजनिक गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उक्त पुस्तक सार्वजनिक गरेका हुन। नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले पहिलो आवधिक योजना र ‘नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स’ सार्वजनिक गरेका हुन्।  

पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले पहिलो आवधिक योजनाले प्रदेशको आगामी पाँच वर्षभित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गरेको बताए। प्रदेश सरकारले गर्ने कामहरूको विस्तृत विवरण समेटिएकोले आगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्न सहज हुने उनको भनाइ थियो। पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी दिनमा गौरवको योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढने मुख्यमन्त्री राउतले बताए।

उनले प्रदेशको गौरवकै योजनाका रूपमा गठित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र स्वास्थ्य क्षेत्रमा कोसे ढुंगा सावित भएको बताए। प्रदेशको शैक्षिक सुधारका लागि संघीय नीति बाधक रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले भने, ‘विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ।’  

नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले आवधिक योजनाको काम सम्पन्न भएपछि प्रदेशको ‘प्रोजेक्ट बैंक’ निर्माणलाई अघि बढाइसकिएको बताए। प्रदेशको गौरबको योजनाहरू समेटेर केही महिना भित्रै प्रोजेक्ट बैंक समेत सार्वजनिक गर्ने उनले बताए। कार्यक्रममा प्रदेशका प्रमुख सचिव गोकर्णमणी दुवाडी, कानुन मन्त्रालयका सचिव टिकाराम पाण्डेलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ माघ २०७७ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App