१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई देवघाट तीर्थयात्रा

तीर्थयात्रामा रहेका वृद्धवृद्धा । तस्बिरः नागरिक

स्वदेशी र विदेशी पर्यटकलाई सुविधायुक्त पर्यटक सवारीमार्फत सेवा प्रदान गर्दै आएको यात्री बस प्रालिले राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तनहुँको देवघाट तीर्थयात्रा गराएको हो ।  

सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले बताए । यसअघि संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । आगामि दिनमा पनि यस्तै सामाजिक गतिविधि गर्दै जाने थापाले बताए ।

कोरोना भाइरस महामारीका कारण समग्र पर्यटन क्षेत्रका साथै पर्यटक यातायात सेवा ठुलो मारमा परेको बताउँदै थापाले यसका बाबजुद पनि ज्येष्ठ नागरिकको चाहना समेतलाई मध्यनजर गर्दै तीर्थयात्रा गराइएको बताए । यात्रीले पर्यटकको सेवाका लागि सुविधासपम्पन्न सवारी संचालन गर्दै आएको छ । 

प्रकाशित: १९ माघ २०७७ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App