२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अपराध नियन्त्रण गर्न सहकार्य

अपराध नियन्त्रणलगायतका विषयमा एकापसमा  समन्वय गर्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख सहमत भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित भेलामा मुस्ताङ, म्याग्दी, पर्वत र गुल्मीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीमा जोडिएका जिल्लाका गतिविधिमा समेत सहकार्य गर्न सहमत भएका हुन्।

लागुऔषध नियन्त्रण, अवैध हातहतियार, विपद् व्यवस्थापन, खोज तथा उद्धार, विकास निर्माणका आयोजनाको नियमित अनुगमन, नयाँ प्रजातिको कोभिड नियन्त्रण, प्राकृति तथा वातावरण संरक्षण, स्थानीय तहसँग प्रभावकारी समन्वय, यातायातका साधनको जाँच र सडक अनुशासन कायम, आपतकालीन रणनीति तथा सामाजिक अपराध नियन्त्रणलगायका विषयमा निर्णय भएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले जानकारी दिए।  

'सिमाना जोडिएका जिल्लाबाट हुने अवैध र कानूनविपरीतका गतिविधिलाई अन्त्य पार्न नियमित भेटघाट हुन्छ', उनले भने। उनले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र अलपत्र विकास निर्माणका कामलाई समेत तीव्रता दिन आवश्यक सहयोग आदानप्रदान हुने बताए। बैठकमा सहभागी सुरक्षा अङ्गका प्रमुखले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति गरेका थिए। रासस

प्रकाशित: २३ पुस २०७७ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App