१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१२ वर्ष अघिको चर्चित अपहरण काण्डमा संलग्न कुमार बुढाथोकी पक्राउ

१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। बुढाथोकीलाई पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले पुष्टि गरे।

रावलको २०६५ पुसमा अपहरण भएको थियो। उदय सेट्टीको समूहले रावललाई एक हप्ता बन्धक बनाएर १ कोरोड ५० लाख फिरौति रकम असुलेको थियो।  

अपहरणमा संलग्न उदय सेट्टी र प्रल्हाद महत यस अघिनै पक्राउ परिसकेका छन्। उनीहरुलाई काठमाडौं जिल्ला अदालतले २३ वर्षको जेल सजाँय फैसला गरेको थियो।

 

 

प्रकाशित: १५ पुस २०७७ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App