७ वैशाख २०८१ शुक्रबार
समाज

गृह सचिवद्वारा नागरिककर्मी सम्मानित

गृह सचिव महेश्वर न्यौपानेले जिल्ला प्रशासन कार्यालय रौतहटको नयाँ भवनको उद्घाटन गरेका छन् । २ करोड ३५ लाख ९४ हजार ७३४ रुपैयाको लागतमा रौतहट सदरमुकाम गौरमा निर्मित जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै गृह सचिव न्यौपानेले प्रदेश २ मा शान्ति सुरक्षा चुनौतीपूर्ण रहेको बताएका छन् ।  

कार्यालय भवनको उद्घाटनसँगै गृह सचिव न्यौपानेले पौने दुई करोडको लागतमा बन्ने प्रमुख जिल्ला अधिकारीको सरकारी निवासको शिलान्यास समेत गरेका छन् ।  

नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुुसन्धान विभागका निर्देशक गणेश अधिकारी, प्रदेश २ का प्रहरी प्रमुख डिआइजि धीरजप्रताप सिंहसमेतको उपस्थिति रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने गोपालप्रसाद अग्रवाललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा नागरिककर्मी मदन ठाकुरका साथै विभिन्न सञ्चारकर्मीलाई पनि सम्मानित गर्नुका साथै विभिन्न संघसंस्थालाई पनि सम्मानित गरिएको थियो ।

केही महिनादेखि जिल्ला प्रशासन कार्यालय रौतहट आफ्नै भवनमा सञ्चालनमा रहेको छ । 

प्रकाशित: २९ मंसिर २०७७ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App