८ वैशाख २०८१ शनिबार
समाज

रसुवामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुग्यो

रसुवामा एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ र नौकुण्डमा ६ जना कोरोना संक्रमित थप भएका हुन्। 

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ३९ पुगेको छ। स्वास्थ्य कार्यालय रसुवाका अनुसार १ सय २० जना कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा १९ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितहरू होम आइसोलेसनमा बसेका छन्।  

हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५, आमाछोदिङ्मोमा ६, कालिकामा ४७, उत्तरगयामा ३५, नौकुण्डका १६ र बाहिरी जिल्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा आमाछोदिङ्मोका ५, कालिकाका २, उत्तरगयाका ४, नौकुण्डका ७ र बाहिरी जिल्लाका १ जना होम आइसोलेसनमा छन्।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अहिले कोरोना संक्रमित छैनन्। जिल्लामा हालसम्म १ हजार ६ सय २० वटा स्वाव संकलन गरिएकोमा १ हजार ४ सय ४७ नेगेटिभ र १ सय ३९ पोजेटिभ आएको थियो।

प्रकाशित: २३ मंसिर २०७७ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App