४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

महिला हत्या आरोपी युवालाई जन्मकैदको फैसला

उदयपुर जिल्ला अदालत। तस्विरः महेश्वर

उदयपुरका एक युवालाई  महिला हत्या आरोपमा जन्मकैद सजाय हुने भएको छ। जिल्लाको कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिलाको हत्या आरोपमा पक्राउ सोही ठाउँका २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले जन्मकैदको सजाय सुनाएको हो।  

स्थानीय डोरकुमारी राउतको हत्या आरोपमा सोही ठाउँका रोशन राउतलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो। जिल्ला न्यायाधीश दीपक खनालको बिहीबार बसेको एकल इजालासले उनलाई हत्या प्रमाणित गर्दै जन्मकैदसँगै १ लाख जरिवानासमेत भराउने फैसला गरेको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताए।  

राउत गत भदौ २७ गते डोरकुमारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय कटारीमार्फत पक्राउ राउतको मुद्धाउपर अनुसन्धान गर्ने क्रममा अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राखेकोमा आजीवन कारावास सजाय र नगद क्षतिपूर्ति जरिवानाको फैसला सुनाइएको तहसिलदारसमेत रहेका सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: २१ मंसिर २०७७ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App