१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

एड्स दिवसमा ४० संक्रमित बालबालिकालाई न्यानो कपडा

३३ औ विश्व एड्स दिवसमा कपिलवस्तुको तौलिहवामा ४० संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बाडिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो वितरण गरिएको हो। सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बालबालिकाहरुलाई ट्रेकसुट र स्वीटर हस्तान्तरण गरेका थिए।  

सो अवसरमा मेसु बन्जाडेले एचआइभी एड्सको न्यूनिकरणका लागि सबै निकायले ठोस सहयोग गर्नु पर्ने बताए। उनले संक्रमितहरुको हेरचार, उपचार आयआर्जनमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए। कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख भगतले एचआइभी एड्सका विषयमा पालिकाले समेत पहल गर्नु पर्ने बताए। उनले संक्रमितहरुलाई समाजमा खुलेर बस्ने वातावरण बनाउनु पर्नेमा बताए। जिल्ला स्वास्थ्य कार्यालय अनुसार जिल्लामा हालसम्म ५ सय १२ जना सक्रिय संक्रमित छन्। एड्सका कारण जिल्लामा ८७ जनाले ज्यान गुमाएका छन्।  

दिवस कै अवसरमा मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको स्टलबाट एक हजार बढी कन्डम वितरण गरिएको थियो। कार्यक्रममा नुमुना एकीकृत विकास परिषद्, निलहीरा समाज, एएचएफ नेपाल लगायतका संस्थाको सहयोग रहेको थियो। कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख भगतको अध्यक्षता र जरिना खातुनको संचालनमा भएको थियो।

प्रकाशित: १६ मंसिर २०७७ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App