२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बर्दिबासमा सुरक्षाकर्मीको गोली लागि घाइते न्यौपानेको मृत्यु

बर्दिबासमा सुरक्षा समितिको बैठक बस्दै

मंगलबार बर्दिबासमा प्रर्दशन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ। तिख्रामा गोली लागि घाईते बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपानेको  बुद्यबार बिहान काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।  

न्यौपाने परिवारका अनुसार अत्याधिक रक्तश्रावका कारण उनको विहान १ बजे निधन भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नागरिकसँग भने, ‘घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ। उनलाई तत्काल हेलिकप्टरबाट उपचारमा पठाएपनि बचाउन सकिएन।’

सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको थियो।  

सुरक्षाकर्मीको गोली लागेर घाइते भएका श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ। प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ।

बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो।  

न्यौपानेको मृत्युपछि बर्दिबासको अवस्था तनाबग्रस्त हुनसक्ने आंकलन गर्दै आगामि कदमका बारेमा निर्णय लिन अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। प्रजिअ कटुवालले भने,‘अवस्था अनियन्त्रीत हुने देखिए कर्फ्यू आदेश जारी हुन्छ।’

प्रकाशित: १० मंसिर २०७७ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App