७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ। ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा  अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए।  प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लोड क्रममा गुडेर जीप दुर्घटना भएको हो।  उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ। चालक रविलाल बुढाले सामान लोड गर्नेक्रममा जीप अचानक गुडेको थियो। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ मंसिर २०७७ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App