८ वैशाख २०८१ शनिबार
समाज

जबर्जस्ती करणीका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

पक्राउ फरार अभियुक्त । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले विगत ११ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ। ०६६ सालमा जिल्ला अदालतबाट कसुरदार सावित भए पनि भाग्दै आएका चौदण्डीगढी नगरपालिका ९ हडियाका नारायणबहादुर राउत बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ।  

०६६ साल जेठ १४ गते जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा राउतलाई ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसलामा दोषी करार भए पनि हालसम्म फरार रहेका राउतलाई बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको बिशेष प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।  

घरमै लुकिछिपी बसिरहेको अवस्थामा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउलगत्तै उनलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: २६ कार्तिक २०७७ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App