coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरछेउमै ट्युब–वेल बनेपछि वनकरिया खुसी

खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरिया बस्तीमा ट्युब–वेल निर्माण भएपछि हर्षित भएका छन्। खोल्साको खानेपानी सबै घरलाई पर्याप्त नहुँदा प्रयोग गर्दै आएको कुलोको पानी प्रदूषित भएपछि वनकरिया समुदाय समस्यामा थिए।

ट्युब–वेल निर्माण भएपछि भाँडा माझ्न र लुगा धुन कुलोको मलमूत्र मिसिएको पानी प्रयोग गर्न नपर्ने भएपछि निकै खुसी लागेको वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले बताइन्। २० घर रहेको वनकरिया बस्तीमा तीन लाख ३० हजार रुपैयाँबराबरको लागतमा १० वटा ट्युब–वेल निर्माण गरिएको छ।

आदिवासी मामिलाका लागि अन्तर्राष्ट्रिय कार्य समूह (आइडब्लुजिआइए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत ट्युब–वेल निर्माण गरिएको हो। ट्युब–वेल निर्माण गर्न सन्तोषी वनकरियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो। साथै, कोरोना भाइरसका कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न पनि वितरण गरिएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले १९ वनकरिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरेको हो।

त्यस्तै, वनकरिया समुदायमा भूमि अधिकारसम्बन्धी वकालत कार्यक्रम पनि महासंघले गरेको छ। कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजीकरण गरेका थिए। कार्यक्रममा मनहरि गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरिया, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङलगायतले वनकरियाको अवस्था र समस्या समाधान गर्न तीनै तहका सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २४ कार्तिक २०७७ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App