८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास-प्रश्वासमा समस्या आएपछि मनोज गजुरेल आइसीयूमा

कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिका स्रोत जनाएको छ। उनमा  श्वास – प्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्यााइएको थियो।  

अस्पतालका एक चिकित्सकका अनुसार उनको छातिको एक्सरे गरिएको र फोक्सोमा निमोनियाँ देखिएको छ।  उनको फोक्सोको अवस्थाबारे हेर्न शुक्रबार पनि एक्सरे गर्न लागिएको एक चिकित्सकले जनाएका छन्।  

गजुरेललाई कोरोना उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधी, अक्सिजन दिइरहेको र आवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित: २१ कार्तिक २०७७ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App