२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाँजाका बोट धमाधम नष्ट गर्दै ताप्लेजुङ प्रहरी

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा प्राकृतिक रुपमा उम्रिएको गाँजाका बोट नष्ट गर्दै प्रहरी । तस्बिर: नागरिक

ताप्लेजुङ प्रहरीले प्राकृतिक रुपमा उम्रिएका वा रोपिएका गाँजाहरु बोट धमाधम नष्ट गर्न थालेको छ। प्रहरीले अहिलेसम्म फुङ्लिङ नगरपालिकाको उकालीपानी क्षेत्र, मेरिङ्देन गाउँपालिकाको सान्थाक्रा र सिरिजङ्घा गाउँपालिकाको आम्बेगुदिन क्षेत्रमा उम्रिएका गाँजाका बोटहरु फँडानी गरी नष्ट गरेको छ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले स्थानीय समुदायको साझेदारीमा गाँजाका बोटहरु फँडानी तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको जानकारी दिए। प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत गाँजाका बोटहरु फँडानी तथा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।  

प्रहरी प्रमुख श्रेष्ठले जिल्लामा गाउँ–गाउँमा रहेका प्रहरी युनिटलाई स्थानीय समुदायको साझेदारीमा गाँजाका बोट फँडानी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्न भनिसकिएको जानकारी दिए। ताप्लेजुङमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ।

प्रकाशित: १८ कार्तिक २०७७ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App