१६ चैत्र २०८० शुक्रबार
समाज

चिर्पटले हानेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेर घर आएका ओमबहादुर दमाईले आइतबार राती अन्दाजी १०:३० मा ४४ वर्षिया श्रीमती रिमा दमाईलाई दाउराको चिर्पटले हानेर हत्या गरेका हुन्। खुकुरी प्रहार गर्ने दमाईलाई स्थानीय बासिन्दाले राती ११ बजे नै नियन्त्रणमा लिएका थिए। इप्रका दरबाङका प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा प्रहरीको टोली मध्यरातमा घटनास्थलमा पुगेको थियो।  

‘सधै मदिरामा लठ्ठ हुने दमाईले श्रीमतीलाई कुटपिट गर्ने गरेको देखिन्छ,‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ घटनास्थलमा रहेका पौडेलले भने। प्रहरीको टोली घटनाको जानकारी पाएलगत्तै सवारीसाधन र पैदलमार्गको समेत प्रयोग गरी मध्यरातमै घटनास्थलमा पुगेको थियो। प्रारम्भीक अनुसन्धानमा मदिरा सेवन गरी आएका दमाईले श्रीमतीलाई एक्कासी दाउराको चिर्पट प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

 

 

 

 

 

 

 

 

प्रकाशित: १० कार्तिक २०७७ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App