१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

७ महिना पछि सुकेटार विमानस्थलमा बस्यो निगमको जहाज, बिराटनगर उडानको तालिका छैन

बुधवार काठमाडौबाट ताप्लेजुङ विमानस्थल आएको नेपाल एअर लाइन्सको जहाज। तस्बिर: नागरिक।

नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले करिव ७ महिना पछि ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधवार उडान भरेको छ। काठमाडौबाट ३ जना यात्रु लिएर आएको विमान सुकेटारबाट काठमाडांै  रिक्तै फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण, ताप्लेजुङ नागरिक उड्ययन कार्यालय सुकेटारका बरिष्ठ अधिकृत सुजन गिरीले जानकारी दिए।  

उनका अनुसार सुकेटारमा अन्तिम पटक गत चैत १० गते नेपाल एअर लाइन्सको जहाजले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान भरेको थियो। त्यसबेला भने काठमाडौंबाट १४ यात्रु लिएर आएको बिमानले फर्कदा ८ यात्रु लिएर गएको थियो। त्यसयता भने बुधवार सुकेटारमा नेपाल एअरलान्सले पहिलो उडान भरेको हो।  बिमानमार्फत यात्रा गर्नेका लागि नेगेटिभ पीसीआर रिर्पोट अनिवार्य गरिएकोले सम्पर्कमा आएपनि यात्रु भने कम भएको बताइन्छ।

नेपाल एअरलाइन्सले अब हप्ताको २ दिन बुधबार र शनिबार काठमाडौ–ताप्लेजुङ–काठमाडौं उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। ताप्लेजुङ इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार काठमाडौबाट ताप्लेजुङ सम्म यात्रा गर्नेले जनही ६ हजार ८४० र ताप्लेजुङ–काठमाडौका लागि ६ हजार ७४० रुपैंया भाडा तिनुपर्ने हुन्छ।  

पर्यटनमन्त्री योगेशकुमार भट्टराइको गृह जिल्लामा यसअघि नै नेपाल एअर लाइन्सले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान सार्वजनिक गरेपछि बल्ल बुधवारबाट मात्र उडान सुरु भएको हो। मन्त्री भट्टराइले गत असोज २१ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा स्थापित बिओपी उद्घाटनका क्रममा काठमाडौ–ताप्लेजुङ–काठमाडौ र बिराटनगर–ताप्लेजुङ–बिराटनगरको उडान समेत सुरु गर्ने बताएका थिए। तर, अहिले सम्म बिराटनगर–ताप्लेजुङ–बिराटनगरको उडान तालिका बनेको छैन। सुकेटार बिमानस्थलमा सीता एअरले पनि प्रत्येक साताको सोमवार र शुक्रबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं नियमित उडान भर्दै आएको छ।  नियमित बाहेक चार्टर उडान भने आवश्यकता अनुसार गर्दै आएको नागरिक उड्ययन कार्यालय सुकेटारले जानकारी दिएको छ। उसले पनि झापाको भद्रपुर–ताप्लेजुङ–भद्रपुर उडान गर्ने घोषणा गरे पनि त्यो उडान भने गरेको छैन।

प्रकाशित: ५ कार्तिक २०७७ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App