७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कस्तो रहला आज दिनभरको मौसम?

आज देशभर सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १,प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का  वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रकाशित: २२ आश्विन २०७७ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App