९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीमा जागिर लगाउने भन्दै नक्कली परीक्षा !

नेपाल प्रहरीको विभिन्न पदमा जागिर लगाईदिने भन्दै नक्कली परीक्षा सञ्चालन गर्ने गिरोहलाई वीरगन्जमा प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१६ नगवामा रहेको देव पार्टी प्यालेसमा परीक्षा लिईरहेको अवस्थामा प्रहरीले बुधबार साँझ छापा मारेको थियो। नक्कली ईन्स्पेक्टर बनेर जागिर लगाईदिने भन्दै परीक्षा संचालन गर्ने ब्यक्तिसहित २१ जना पक्राउ परेको स्रोतले जनाएको छ।  

‘घटना सहि हो। मानिसहरुलाई हामीले पक्राउ गरेका छौं, अहिले केही कुरा बुझ्न बाकी भएर हामीले अहिले नै यसलाई सार्वजनिक गरेनौं। ल्याउँदा ल्याउँदै अलिक अबेर पनि भयो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने, ‘भोली (बिहीवार) बिहान ९ बजे हामीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेरै घट्नाको बिस्तृत जानकारी सार्वजनिक गछौं।’ उनका अनुसार पक्राउ पर्नेमा त्यस्तो नक्कली परीक्षा संचालन गर्ने ब्यक्तिहरु र केही परीक्षार्थी भएर आएकाहरु पनि छन्।  

यसरी जागिर लगाईदिने प्रलोभन दिएर परीक्षार्थीहरुसंग मोटो रकम असुली गर्ने मनसाय देखिन्छ। पैसा ठगी गर्नकै लागि यो जालसाजी गतिबिधि गरिएको बताइएको छ। गोप्य रुपमा परिक्षा सञ्चालन भईरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले सबैलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ।

 

प्रकाशित: १५ आश्विन २०७७ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App