२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बर्दियामा २१ जना कोरोना संक्रमित थपिए

बुधबार बर्दियामा २१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।  

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परीक्षणमा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए।  

संक्रमण पुष्टि हुनेमा बारबर्दिया नगरपालिकाका ११ जना, गुलरिया नगरपालिकाका ९ जना र मधुवन नगरपालिकाका १ जना रहेका छन्। संक्रमित हुने मध्येमा ८ जना महिला रहेका छन् भने १३ जना पुरुष छन्।  

यस सँगै बर्दियामा संक्रमितको संख्या ६ सय ३० पुगेको छ। 

प्रकाशित: ७ आश्विन २०७७ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App