५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सीमावर्ती क्षेत्रमा काठ तस्करी बढ्दो

सशस्त्र प्रहरीले बरामद गरेको खयर र सिसौका गोलीया । तस्बिर : नागरिक

नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरि काठ तस्करी भईरहेको पाइएको छ।

सशस्त्र प्रहरीको ३१ नम्बर गणबाट खटिएको टोलीले राजापुर नगरपाकिाको सीमावर्ती गाउँबाट ठूलो परिमाण शुक्रबार सिसौ र खयरको अवैध गोलीया बरामद गरेपछि सीमा क्षेत्रमा व्यापक रुपमा काठ तस्करी भईरहेको तथ्य खुलेकोे हो। यस्तै गुलरिया आइतबार राती गुलरिया नगरपालिका गोडियन पुरवाबाट गाडेर राखेको अबैध ६ वटा सालका गोलीया सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सीमा क्षेत्रसँग जोडिएका सामुदायिक वन र भारत तर्फको मुर्तीहा–कतरनिया जंगलमा चोरेका खयर र सिसौका काठ प्रहरी फेलापारेपछि अवैध काठलाई वैध बनाउन गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन्।

सशस्त्र प्रहरीले राजापुर नगरपालिकाको मुर्गहवा र दौलतपुरबाट १ सय ३४ क्यूफुट टोली खेतमा लुकाई छिपाई राखेको अवस्थामा साल र सिसौका गोलीया प्रहरीले बरामद गरेको थियो।

बजार मूल्य चार लाख बराबर काचो सालको काठ बरामद गरेपछि उक्त क्षेत्रबाट काठ तस्करी हुने गरेको तथ्य खुलेको हो। स्थानीय तहमा रहेका प्रहरीले आखा चिम्लिदा तस्करी मौलाउदै गएको स्थानीयको आरोप छ।

‘यँहा भारतबाट काठ सजिलै नेपाल छिर्छ, सामुदायिक वन पनि नजिक छन्’ राजापुरका एक स्थानीयले भने, ‘रोकथाम गर्ने निकायनै मौन बस्दा समस्या उत्पन्न भईरहेको छ।’

रातीको समयमा ट्याक्टर र लडिहाको प्रयोगबाट अवैध काठ समिलमा जाने गरेको उनले जानकारी दिए। उनका अनुसार एक दुईपटक बरामद गरेपनि तस्करीले निरन्तरता पाईरहेको छ। पछि गएर प्रहरीको सेटिङमा काम हुने गरेको उनले आरोप लगाए।

सीमा क्षेत्रमा दर्जन भन्दा बढी काठका मिलमा अवैध चोरीका काठ पुग्ने गरेको स्रोतका दाबी छ। स्रोतका अनुसार अवैध काठलाई समिल पुराएर वैध बनाउने काम गर्ने गिरोह नै सक्रिय छ। ‘मिलवालाले आवादी र लिलामको काठ किनेर वन कार्यालयबाटै स्टक थप्छन्’ स्रोतले भन्यो, ‘स्टकको आधारमा अवैध काठ वैध बनाएर पोखरा र काठमाडौं जस्ता देशका मुख्य शहरसम्म लैजाने गर्छन्।’ मुख्यगरि जमुनि, कालाबंजार, सानोश्री र लोकाही क्षेत्रमा काठ तस्करी मौलाएको छ।

जिल्लाबाट सादा पोशाकमा परिचालन भएको प्रहरीले टोली छिटफुट रुपमा पनि अवैध काठ बरामद गरेको छ। प्रहरीले बरामद गरेको अधिकांश काँचो पानी चुहिने काठ जस्तो देखिन्छ।

भर्खरै काटेको जस्तो देखिने काठ समिल लैजाने क्रममा बरामद हुने गरेको प्रहरी भनाई छ। विशेष सूचनाका आधारमा राजापुरबाट खटिएको बिओपीको टोलीले राजापुर नगरपालिका भित्र पर्ने मुर्गहवा र दौलतपुरबाट लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद गरेको एसपि नरबहादुर रावतले बताए।  

नेपाल भारतको सीमा क्षेत्र पर्ने बढैयातालको जमुनि, मधुवन नगरपालिका सीमावर्ती गाउँ र राजापुर नगरपालिका काठको तस्करी हुने मुख्य नाका हुन। प्रहरीले  तथ्याकंमा नेपाल र भारतको सीमा क्षेत्रबाट अवैध काठ बरामद गरेको लामो सूची छ। प्रहरीको गस्ती टोलीले सिसौ, सागुन र सालका अवैध काठ फेला पार्ने गरेको छ।

प्रकाशित: २८ भाद्र २०७७ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App