७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आजबाट उपत्यकामा निषेधाज्ञा सहज

दसैंलाई दृष्टिगत गर्दै लामो दूरीका बस खुलाउने तयारी

काठमाडौं उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ। बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको हो।

बुधबार भएको निर्णय अनुसार खुला ठाउँमा भीडभाड गर्न नपाइने, जात्रा पर्व, महोत्सव बन्द गर्ने, सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने, सामग्री तथा वस्तु होम डेलिभरी गर्न पाउने, होटल बन्द रहने, सपिङ मल र फेन्सी पसल हप्ताको तीन दिनमात्र खोल्न पाइने, फुटपाथ र अन्य व्यापार व्यवसाय बिहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने, बाहिर हिँड्दा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने, पैदल यात्रा गर्दा भीडभाड हुन नदिने र सामाजिक दूरी कायम गर्नुपर्नेलगायत निर्णय गरिएको छ। निर्णयअनुसार कम्प्युटर, अटो मोबाइल पसल, र फर्निचर सोमबार र बुधबार खोल्न पाइने छ। त्यस्तै, सपिङ मलहरु शनिबार, सोमबार र बुधबार खोल्न दिने निर्णय गरिएको छ। कोरोना महामारी निरन्तर रहने हुँदा ठप्प पारेर मात्रै उपचार नहुने भन्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बताए। उनले भने, ‘अब सधंै बन्द गरेर मात्रै हुँदैन, सचेत रहेन कोरोनासँग दैनिकी चलाउनुपर्ने हुन्छ, बरु उच्च सावधानी अपनाउन आवश्यक छ,’ उनले भने। उनका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले नियमित सेवा भने बन्द गरेका छन्।

सरकारले कोरोना फैलन नदिन र संक्रमितको संख्या कम गर्न भन्दै भदौं ३ गते निषेधाज्ञा जारी गरेको थियो। त्यसयता सहरबजार ठप्प पार्ने गरी निषेधाज्ञा लम्ब्याउँदै आएको थियो। लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

यसबाहेक अन्य रोजगारीका क्षेत्रलाई सहज बनाउनेतर्फ सरकारले ध्यान नदिएपछि श्रमिक र विपन्न वर्ग असहज परिस्थितिमा बाँचेका छन्। जिल्ला प्रशासन कार्यालयले भने यो अवस्थामा सबै क्षेत्र खुला गर्दा कोरोना महामारी फैलनसक्ने भन्दै केही क्षेत्र र कार्यमा सहज बनाएको बतायो। प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सिधै निषेधाज्ञा नखुलाइए पनि सहज बनाउँदै अघि बढ्ने बताए। उनले भने, ‘थोरैलाई हेरेर भएन, कोरोनाले धेरै क्षेत्रलाई असर पार्ने देखिएको छ, त्यसकारण आम नागरिकको दैनिकी हेरेर निर्णय गरिएको छ।’

त्यसो त तीन साता निषेधाज्ञा गर्दा संक्रमण भने झन् बढेको छ। जिल्ला प्रशासन कार्यालयले संक्रमणलाई रोक्न भन्दै निषेधाज्ञा लम्ब्याउँदै आएको थियो। बुधबारदेखि भने केही सहज बनाएको छ। यस्तो समयमा निषेधाज्ञा हटाउँदा संक्रमण फैलने निश्चित भएपछि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ। उनीहरुले जनजीवन प्रभावित हुन नदिनेगरी प्रशासनले निषेधाज्ञा खुकुलो पारेको जानकारी दिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै क्षेत्रको अवस्था र दैनिकी हेरेर निर्णय गरिएको बताए। उनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा भने थप कडाई गर्ने र उपत्यकाभित्रको जनजीवनलाई सहज बनाउनेतर्फ प्रशासनले चासो दिएको जानकारी दिए। ‘अहिलेको अवस्थामा यो भन्दा खुकुलो बनाउन सकिन्न, संक्रमण फैलँदो अवस्थामा पनि हामीले जनजीवनलाई ख्याल गर्दै केही सहज बनाएका छौं, तर पूरै निषेधाना खुला गरिएको भने होइन,’ उनले भने।

तीन जिल्लाका सिडिओले निर्माण सामग्री ओसारपसार गर्न दिने, भन्सार छुट भएर आएका सामानलाई सहजीकरण गर्ने, बिहान र बेलुकीसम्म खोल्न दिने, निजी र सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने, उपत्यका प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गर्ने, अत्यावश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालन गर्ने, ओहोरदोहोर गर्न पाउनेलगायत निर्णय पनि प्रशासनले गरेका छ।

गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा केही सहज बनाउँदै थप्न सिफारिस गरेको थियो। अवस्थालाई ख्याल राख्दै केही सहज पार्न खोजिएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। उनले अहिले सबैतिर खुला गर्दा संक्रमण फैलनसक्ने भय रहेकाले प्रशासनबीच केही सहज बनाउने सहमतिी भएको उनको भनाइ छ। ‘अहिले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था छ, त्यस्तै आम सर्वसाधारणको दैनिकीलाई विषेश ख्याल गर्नुपर्नेछ, त्यसकारण हामीले मिश्रित तरीकाले निर्णय गरेका छौं,’ उनले भने। उनले दसंैलाई दृष्टिगत गरी लामो दूरीका सवारीसाधनमा केही सहजता ल्याउने गरी गृहकार्य भइरहेको बताए।

यसैबीच, यसैबीच उपत्यकाका नगरपालिका फोरमले भने थप एकसाता निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालयहरूलाई सुझाएका छन्। उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलने र स्थिति नियन्त्रण बाहिर जानलागेको जनाउँदै फोरमले निषेधाज्ञ खुकुलो गरिए उपत्यकाको अवस्था भयावह बन्ने निष्कर्ष निकाल्दै कडाइ गर्न भनेको थियो। तर, प्रशासनले आम सर्वसाधारणको अवस्थालाई र अत्यावश्यतालाई हेरेर निषेधाज्ञा खुकुलो पारेको हो।

प्रकाशित: २५ भाद्र २०७७ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App