१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीका ट्याक्सी चालकले ‘फेस शिल्ड’ प्रयोग गरी यात्रु बोक्ने

स्वास्थ्य साम्रागी वितरण गरिदैं।

म्याग्दीका ट्याक्सी चालकले अनिवार्य ‘फेस शिल्ड’ सहितको स्वास्थ्य साम्रागी प्रयोग गरी यात्रु बोक्ने भएका छन्। छिमेकी जिल्ला बागलुङ लगायत देशका विभिन्न जिल्लामा कोरोना समुदायमै फैलिएपछि यात्रु बोक्ने क्रममा चालकलाई एन–९५ मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ को प्रयोग अनिवार्य गर्ने गरी आइतबार बेनी यातायात प्रालिले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा चालकलाई स्वास्थ्य साम्रागी वितरण गरेको छ।

साम्रागी वितरणको अवसरमा बोल्दै प्रजिअ अधिकारीले ट्याक्सीका चालकलाई यात्रु बोक्ने क्रममा दुवैतर्फबाट संक्रमणको जोखिम रहेकाले वितरण गरिएका साम्रागीको अनिवार्य प्रयोग प्रतिबद्धता चालकलले गरेका छन्।  

प्रालि अन्तरगत सञ्चालित १ सय ६० ट्याक्सीका चालकलाई प्रति चालक करिब १ हजार बराबरको साम्रागी उपलब्ध गराइएको महासचिव भोजबहादुर थापाले बताए। ‘जोखिम उच्च भएकाले जिल्लाभित्र फर्किएपछि अनिवार्य होम क्वारेन्टाइनमा बस्न आवश्यक अनुरोध गरेका छौ,‘कोरोनाबाट जोगिन आवश्यक सबै प्रयास गछौं’ थापाले भने। सवारीसाधनका चालकबाटै कोरोना संक्रमणको जोखिम समेत रहेकाले आवश्यक सावधानी अपनाउन भविस्यमा पनि निरन्तर चालकलाई आवश्यक साम्रागी सहित सुरक्षा गतिविधिका बारेमा जानकारी गराउने प्रालिका अध्यक्ष टिकप्रसाद पुर्जाले बताए। जिल्लामा समुदायमा कोरोना नफैलिएकै कारण कालिपुल बाहेक जिल्ला प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ।  जिल्लामा सार्वजनिक तथा भिडभाडमा सेवा प्रवाह गर्ने सरकारी तथा निजी संस्थाको स्बाब समेत संकलनलाई तिब्रता दिइएको छ। 

प्रकाशित: २१ भाद्र २०७७ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App