७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

साेमबारसम्म यस्तो छ वर्षाको सम्भावना

आज शनिबारदेखि सोमबारसम्म देशभर मौसम बदली रहने र केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि तीन दिनसम्म यस्तो छ वर्षाको सम्भावना :  

आज (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै  प्रदेश १, गण्डकी प्रदेश, तथा  प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार

दिउँसो : देशभर सामान्यतया बदली  रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै  प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै  प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश तथा  गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सोमबार

दिउँसो : देशभर सामान्यतया बदली  रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसमम्म) का लागि चेतावनी तथा परामर्श : प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित: २० भाद्र २०७७ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App