७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश १ देखि ५ सम्म भारी वर्षाको सम्भावना

फाइल तस्बिर

आज मंगलबार धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतिर नजिकिएसँगै वर्षाको सम्भावना बढेको हो । 

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थान (पूर्वदेखि पश्चिमसम्म) मा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ ।  

यस्तै बुधबार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई ठाउँमा ठूलो (भारी) वर्षाको समेत सम्भावना छ ।

यस्तै सो राति पनि देशका  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।  गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि हुने अनुमान छ ।

यस्तै बिहीबार दिउँसो पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै सो राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

माैमस पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालकाे पूर्वी र मध्य भूभागनजिक छ।

प्रकाशित: १६ भाद्र २०७७ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App