२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सरकारी जग्गा अतिक्रमण प्रकरण : अतिक्रमित संरचना हटाउँदा पनि अवरोध !

गाउँपालिका अध्यक्षले नेतृत्वमा बढैयाताल–७ स्थित ऐलानी जग्गामा भत्काईएको संरचना । तस्बिर : निर्मल घिमिरे

बढैयाताल गाउँपालिका–७ स्थित नेपालगञ्ज–गुलरिया सडकखण्डको राजापुर मोडमा खाली जग्गामा रेष्टुरेन्ट खोल्न पुर्वाधार निर्माण कार्यले तीब्रता पाउँछ । खाल्डो परेको जग्गा माटो पुर्ने काम केही महिना अघि देखि गरेपनि हालसालै पुर्वाधार बन्न सुरु भएको हो ।

सरकारी जग्गामा बन्न थालेको पुर्वाधारमा आँखा सबैको पुगेर स्थानीयको चासो बिषय त बन्यो । तर के कति कारणले पुर्वाधार निर्माण गर्न थालेको कसैले पत्तै पाएनन । सरकारी जग्गामा रेष्टुरेन्टका सञ्चालन गर्न हल र बाथरुमको लागि पुर्वाधार तयारका लागि संरचना तयारी हुन्छ ।

बिहिबार बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले सुरक्षाकर्मीका सहयोग लिएर उक्त संरचनामा डोजर लगाउँछन । रेष्टुरेन्ट खोल्न तयार संरचना भग्नावशेषमा परिणत हुन्छ ।

अध्यक्ष श्रेष्ठको बिरोधमा वडा कार्यालयमा ताला लाग्छ । संरचनामा डोजर लगाएको बिरोधमा बढैयाताल गाउँपालिकामा दिनदिँनै प्रर्दशन भईरहेको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिले कुनै अप्रिय घटना त घटेको छैन । तर, तनाब बढ्दै जादा गाउँपालिका कार्यालयको काम बिहिबारदेखि करिब करिब ठप्प छ ।दिनदिँनै अध्यक्ष बिरोधमा नारा जलुश लाग्ने गरेको स्थानीय बताउँछन ।  

बिबाद सामान्य तर्फ लैजान द्धिवपक्षिय बैठक बसेपनि निष्र्कष बिना नै टुगिने गरेको एक कर्मचारीले बताए । ‘मैनापोखर स्थित गाउँ पालिकाको कार्यालयमा यतिखेर २४ घन्टा सुरक्षाकर्मी भन्दा फरक पर्देन,’ उनले भने ।

अतिक्रमण गरिएको जग्गाको करोडौं पर्ने स्थानीयले अनुमान गर्छन । अध्यक्षको उपस्थितिमा भत्काएको संरचना उठेको बिबाद अझै मथ्थर हुन सकेको छैन । स्थानीय तहको भोग अधिकार भित्र रहेको जग्गामा बन्न थालेको पुर्वाधार हटाएको अध्यक्ष श्रेष्ठले दाबी गरे ।

‘स्थानीय तहले ऐलानी र सरकारी जग्गा संरक्षण गर्ने अधिकार भित्र पर्छ,’ उनले भने, ‘सरकारी जग्गा कब्जा गर्ने नियतले तयार पारिएको पुर्वाधार भत्काउँन परेको हो ।’अध्यक्ष श्रेष्ठको नेतृत्वमा अतिक्रमित जग्गा उकास्न स्थानीय तहले अभियान सुरु भएको छ । राजनितिकरण गरेर घटना मथ्थर पार्न खोजिएको अध्यक्ष श्रेष्ठको आरोप छ । ‘नेपाली कांग्रेसले नै सरकारी जग्गामा राजनितिकरण गर्न खोजिरहेको छ,’ उनले भने, ‘कुनै पनि बहाना गरेर सरकारी जग्गा हडप्ने प्रयास आफूलाई मान्य हुदैन ।’

उता, पहिल्य जोतभोग गरिरहेको जग्गामा अध्यक्ष श्रेष्ठ बल प्रयोग गरेर सम्पत्ति नष्ट गरेको स्थानीय चन्द्र बहादुर सापकोटाले बताए । ‘मेरो नम्बरी जग्गामा पर्ने ऐलानी जग्गा वर्षौदेखि प्रयोग गरिरहेको सबैलाई थाहा छ,’ उनले भने, ‘जबरजस्ती तरिकाले संरचना हटाएकाले आफुलाई ज्यादती गरेको महशुस भएको छ ।’  

वडा कार्यालयसँगको मौखिक सहमतिमा पुर्वाधार निर्माण अघि बढेको सापकोटाले बताए । ऐलानी जग्गा सँग आफ्नो निजी जग्गा साटफेर गरेको दाबी गर्छन । आफुले पहिल्य देखि जोतभोग सिफारिस र  जग्गा तिरो तिर्दे आएको उनले बताए । वडा अध्यक्ष ईन्द्र बहादुर लुईटेलले मौखिम सहमतिमा वडा कार्यालय जग्गा दिएको पनि उनी बताउँछन ।‘वडा अध्यक्षलाई सबै कुरा थाहा छ ’उनी भन्छन,‘मैले नम्बरी जग्गा दिएर वडाले स्वास्थ्य चौकी निर्माण गरेको छ ।’

वडा अध्यक्षले के कति कारणले पुर्वाधार बनाउँन सहमति दिएको बारे आफु अनभिज्ञ भएको अध्यक्ष श्रेष्ठले बताए ।‘सस्तो जग्गा दिएर सडक छेउँको करौडौंको जग्गा हडप्ने योजना आफु मान्य हुदैन,’उनले भने ।

‘यतिबेला मेरोे नेतृत्वमा अतिक्रमित जग्गा हटाउँन अभियान सुरु भएको छ,’उनले भने । अध्यक्षका अनुसार बढैयाताल तालको जमुनि र मैनापोखरमा सार्वजनिक जग्गामा हटाईएको छ । जग्गा अतिक्रमण गर्न सहयोग पु¥याउँने जो कोहिलाई पनि कारबाहीका दायरा ल्याउँनु पर्ने अध्यक्ष श्रेष्ठको माग छ ।

प्रकाशित: १५ भाद्र २०७७ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App