१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामा १८६ संक्रमित थपिएको जनाएको छ । प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा सबैभन्दा बढी १५५ जना, ललितपुरमा १९ र भक्तपुरमा १२ जना थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा काठमाडौंको पाटन अस्पतालमा मात्रै दुई जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो  घण्टामा ३१३ जना संक्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App