७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आज वर्षाको सम्भावना छ कि छैन ?

फाइल तस्बिर

आज शनिबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्यतया बदली हुनेछ भने केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।  प्रदेश न. १  का  एक वा दुई  स्थानमा भने भारी वर्षासमेत हुन सक्छ ।  

यस्तै राति पनि मौसम देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

सुदूरपश्चिम प्रदेशका भने एक वा दुई  स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

साथै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशहाखाले भनेको छ- प्रदेश न. १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाले  आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण छ । साथै भारतको  मध्य प्रदेश तथा आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली छ र त्यो बिस्तारै पश्चिम-उत्तरपश्चिम सर्दै जाने देखिन्छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App