७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘नजिकियो न्यून चापीय रेखा, अब ३ दिन भारी वर्षा’

प्रतिकात्मक तस्बिर

मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतर्फ नजिक आएको छ । साथै बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण जलवाष्पयुक्त हावा पनि अहिले नेपाल भित्रिरहेको मौसमविद्ले बताएका छन्।  

जसका कारण अब केही दिन वर्षाको मात्रा बढ्ने अनुमान गरिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ ।  

बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ ।

यसैगरी राति पनि देशभर मौसम सामान्यतया बदली हुनेछ भने केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार

महाशाखाको बुलेटिनअनुसार शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।  

यस्तै राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने  बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  

 शनिबार

 दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र २ का एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेश का एक-दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।  

यस्तै महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले सचेत गराएको छ ।  

चेतावनीमा भनिएको छ–

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित: ११ भाद्र २०७७ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App