७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना, २४ घण्टा सतर्कताको आवश्यकता

आज बुधबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक–दुई  स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।  

आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।  

प्रकाशित: १० भाद्र २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App