७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

फेरि तीन दिन ठूलो वर्षाको सम्भावना

वर्षाकाे प्रतिकात्मक तस्बिर

आज सोमबारदेखि फेरि ठूलो वर्षा हुने सम्भावना बढेको छ।  

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिन धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने सम्भावना छ ।  

अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव छ । यसैकारण केही दिनयता मत्थर बनेको मनसुन फेरि केही सक्रिय हुने भएको हो । 

महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ । 

यस्तै राति पनि देशभर बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ । 

यस्तै मंगलबार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशहाखाका अनुसार मंगलबार राति झन् धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा समेत हुने अनुमान छ । 

यसैगरी बुधबार दिउँसो पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।  

यस्तै त्यस दिन राति पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै प्रदेश नं १ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

साथै आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्शमा भनिएको छ– ‘प्रदेश १,  बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’  

प्रकाशित: ८ भाद्र २०७७ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App