७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आज कता–कता, कस्तो वर्षा होला ?

फाइल तस्बिर

आज आइतबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशााखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।  प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भने  भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

साथै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । 

जसमा भनिएको छ– 

‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित: ७ भाद्र २०७७ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App