१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छोरी जन्मिए १ हजार भत्ता

दोगडाकेदार गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माए १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ । छोराछोरीमा हुने भेदभाव कम गर्न गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहन भत्ता दिन थालेको हो । गत आर्थिक वर्षमा छोरी जन्माउने २ सय १३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ ।

स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले १ हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेको स्वास्थ्य शाखा प्रमुख नाथले जानकारी दिए ।

छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

सरकारले संस्थागत सुत्केरी भए यातायताबापत् दिने २ हजार र चारपटक गर्भ जाँच गराएबापत थप ८ सय रुपैयाँ दिँदै आएकामा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई थप  १ हजार  रुपैयाँ प्रोत्साहन भत्ता दिएको हो । छोरा जन्मदा मात्रै खुसी हुने समाजको लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी बीच हुने भेदभावमा कमी आउने विश्वास गरिएको छ ।

 

प्रकाशित: १ भाद्र २०७७ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App