२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

७५ वर्षीया वृद्धासहित चार जना मिर्गौला रोगी काेराेनामुक्त

सकुशल घर फर्किए

मिर्गौला खराब भएपछि नियमित डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना विशेष अस्पतालबाट संक्रमणमुक्त भएर घर फर्किएका हुन्। यसमा ३० वर्षका युवादेखि देखि ७५ वर्षका बृद्धासम्म रहेका छन्।  मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भएका यस्ता बिरामीलाई कोरोना संक्रमण लागेपछि उनीहरुलाई उच्च जोखिममा मानिन्छ।  

वीरगन्ज हेल्थकेयर अस्पतालमा नारायणी अस्पताल मातहतमा संचालनमा ल्याइएको अस्थायी बिशेष कोरोना अस्पतालले मिर्गौला रोगी रहेका संक्रमितका लागि डायलाइसिको सुविधा दिएपछि उनीहरु पुर्नजीवन पाएर अस्पतालबाट संक्रमण मुक्तभई घर फर्किन सकेका हुन। उनीहरुमा ३ घण्टाको डायलाइसिसको सेशन ४ पटक गरिएको डा‍‍. निरज सिंहले बताए।

पर्सा पोखिरीयाकी ७५ वर्षीया कोशीला देवी, वीरगन्ज महानगरपालिका वडा नं १० घडिअर्वाकी ३५ वर्षीया तारा शर्मा, बारा जीतपुर सिमरा उपमहानगरपालिकाकी ३० वर्षीया सपना श्रेष्ठ र निजगढ नगरपालिकाका ५६ वर्षीय नरबहादुर विक कोरोना जितेर घर फर्किएका हुन।  

नारायणी अस्पतालका डायलाइसिस इन्चार्ज डा. सिंहले उपचार गरिरहेका पुराना बिरामी  हुन उनीहरु। नारायणी अस्पतालमा भर्ना रहेका बिरामीसहित त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत संक्रमित भएपछि अस्पतालले साउन ९ मा आकास्मिक बाहेक सबै सेवाहरु सूचना टास गर्दै बन्द गरेको थियो। 

संक्रमित देखिनेमा यि मिर्गौला रोगी पनि थिए। उनीहरुको उपचारका लागि अलगै खालको चिन्ता थियो, अहिले कोरोना बिशेष अस्पतालमा खटाइएका डा. सिंहले भने, त्यसपछि, प्रयास छोड्नु हुदैन भन्ने हाम्रो मान्यता अनुसार संक्रमितहरुको डायलाइसिस गर्ने प्रबन्ध गरियो, प्राबिधिकहरुलाई यसको निम्ति कनभिन्स गरेर तयार गरियो। अहिले उच्च जोखिम उपर पाइएको सफलताले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च भएको छ।  

एक हप्ताभित्रै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट चारै जना डिस्चार्ज भएका छन्।  २ हप्ताको अस्पताल बसाइपछि गरिएको परीक्षणमा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भए। ुउहाँहरु त संक्रमित भएपछि, समस्या भयो, जोखिम थियो, यस्ता दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ,ु डा। सिंहले अगाडि भने, चार चार जनालाई तीनतीन पटक ३ घण्टाको दरले डायलाइसिस गर्दा ज्यान हाम्रो पनिजोखिममा थियो, जे होस उहाँहरुलाई संक्रमणमुक्त पारेर घर फर्काउन सकिएकोमा खुसी लागेको छ।  

मिर्गौला फेल भएर डायलाइसिसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेकोमा वीरगन्ज हेल्थकेयर अस्पतालका प्रबन्ध निर्देशक डा। अबुल हैस बताउछन्। 

इश्वरको कृपा रहे हामीले बढीभन्दा बढी ब्यक्तिको ज्यान बचाउन सफल भइरहेका छौं, डा. हैसले भने, अस्पतालसंग रहेको चारमध्ये एउटा मेशिन संक्रमितको लागि प्रयोग भएको छ, खुसीको कुरा के छ भने मृगौलाका दिर्घरोगीहरुलाई सफल उपचार गरी संक्रमणमुक्त पारेर घर पठाइएको छ। नरायणी अस्पतालका डायालासिस डा. निरज कुमार सिंहको नेतृत्वमा प्राबिधिकहरु अनिल कुमार झा र अनिल वरैइलेको टिमले चुनौती का सामना गर्दै, चार जना मृगौला रोगीलाई सफलता पूर्वक कोरोनामुक्त बनाएको देशकै उदहारणीय घट्ना हो यो।

प्रकाशित: १ भाद्र २०७७ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App