१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रतुवामाईको मुख्य बजार र चोकमा सिसी क्यामेरा जडान

मोरङ रतुवामाई नगरपालिकाको मुख्य बजार र चोकहरूमा सिसी क्यामेरा जडान गरिएको  छ। रतुवामाईलाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो ।  

नगरको पाँचवटा स्थानमा सिसि क्यामेरा जडान गरिएको हो । नगरपालिकाले सिसी क्यामेरा जडान गरेपछि यसको संरक्षण तथा सञ्चालनको जिम्मा ईलाका प्रहरी कार्यालय सिजुवालाई दिईएको छ । नगर प्रमुख रविन राईले सीसी क्यामेराको जिम्मेवारी ईलाका प्रहरी कार्यालयलाई  हस्तान्तरण गर्दै नगरले यस आर्थिक वर्ष पनि अन्य स्थानहरूमा सिसि क्यामेराको व्यवस्थापन गर्दै जाने बताए ।  

नगरपालिकाले नगरको मुख्य स्थानमा सिसि क्यामेरा जडान गरिदिए पछि नगरलाई थप शान्त र सुरक्षित बनाउन सहयोग पुग्ने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन रायमाझीले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App