५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा १ सय ८५ वटा निजी वन दर्ता

५४ हजार क्युफीट काठ र एक सय दुई चट्टा दाउरा उत्पादन

डिभजिन वन कार्यालयबाट कार्यालयबाट काठ पाउनै मुस्किल भए पछि आफनै निजी वन लगाउनेहरु बढदै गएका छन्। घरकाजका आवश्यकता पुर्ति गर्ने देखि व्यवसायिक रुपमा काठ बिक्री गर्नकालगि यहा वृक्षारोपण गर्ने बढेका छन् । साल जातको काठको कारोवारमा सरकारले प्रतिबन्ध लगाएपछि निजी वन प्रति झनै लगाव बढेको डिभिजन वन कार्यालयले जनाएको छ । 

सरकारी सुविधा नभएपनि गत आवमा डिभिजन वन कार्यालय कपिलवस्तुको क्षेत्रभित्र यहाँ १६ निजी वन दर्ता भएको छ । दुई कठ्ठा देखि पाँच हेक्टर सम्म जग्गामा वृक्षारोपण गरेर वन दर्ता गराएका हुन् । १६ जनाले १० हेक्टरमा १५ हजार बढी विरुवा रोपेका छन् ।

‘दुई वर्ष यता निजी वनमा आकषर्ण बढेको डिभिजन वन कार्यालयका अधिकृत मदन मोहन स्यानडील्यले बताए । सबैको एक वर्ष हुन लाग्यो’  जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदनमोहन सान्डिल्यले भने, ‘सेफेदाको रुख ६ मिटर अग्लो भई सक्यो ।’ अधिकांशले छिटो हुर्कने र बढी फाईदा हुने सफेदा, टिक, अमला, अर्जुना, सिमल र सिसौं लगाएका छन् ।

‘यी रुख ८ देखि १० वर्षमा तयार हुन्छन्,’ उनले भने, ‘कम खर्चमा सजिलै हुर्किने हुदा सबैको रोजाईमा यिनै रुख पर्छन् ।’ १२ लाख बढी खर्च गरेर कपिलवस्तु नगरपालिका–८, कचरिहवामा अखिलेस श्रीवास्तवले साढे पाँच हेक्टरमा १२ हजार विरुवा लगाएका छन् । ‘दैनिक स्याहार सुसार गरिरहेको छु’ उनले भने, ‘सबै विरुवा राम्रो हुर्किएका छन् ।’ उनले पक्की तारबार गरेर र रुखविरुवालाई पानीकालागि ३/४ वटा पानी तान्ने मोटर राखेर व्यवस्थित रुपमा वन लगाएका छन् । विरुवाका बीचमा रहेको खाली जग्गामा तरकारी खेती गरेका छन् । 

दुई वर्षमै राम्रो प्रगति गरेपछि वन मन्त्रालयबाट निजी वनको राष्ट्रिय पुरस्कार समेत एक वर्ष अघि प्राप्त गरेका छन्। उनले १० हजार राशीको सान्त्वना पुरस्कार पाएका थिए । ‘सुरु गर्दा साथै राष्ट्रिय पुरस्कार पाउँदा निक्कै उत्साहित छु,’ श्रीवास्तवले भने, ‘अब मुलुुककै गतिलो निजी वन प्रवर्धक बन्छु । वक्डीरीया वन क्षेत्रका रेन्जर मौजेलला पटेलले आफनो क्षेत्रमा गत आवमा १६ वटा निजी वन दर्ता भएको बताए । 

उनले निजी वन तर्फ आकषर्ण बढेका बताए ।’ मायादेबी गाउपालिका सेमराका काशीराज यादवले पनि व्यवस्थित रुपमा १७ कठ्ठामा एक हजार ७ सय विरुवा लगाएका छन् । उनी जस्तै बुद्धभूमि नगरपालिका वीरपुरका नारायण बन्जाडेले पनि १६ कठ्ठामा एक हजार विरुवा लगाएका छन् । डिभिजन वन कार्यालय कपिलवस्तुमा ८० वटा निजी वन दर्ता भएका छन । जसबाट २२ हजार ३५० क्युफीट काठ र २० चट्टा दाउरा उत्पादन भएको छ ।

‘निजी वन प्रति केही सुविधा नहँुदा पनि वन दर्ता गराउन आएकै छन्’ डिभिजन वन कार्यालय कपिलवस्तुका ईश्वरी पौडेलले भने, ‘थोरै भएपनि सुविधा दिन सकियो भने अझ आकर्षण बढछ । ‘लगानी र स्याहार सुसार कम चाहिन्छ’ उनले थपे, ‘राम्ररी हुर्कियो भने अन्नवाली भन्दा १० गुना बढी फाईदा हुन्छ ।’ रुख विरुवाले वातावरण पनि उत्तिकै योगदान पुर्याउने उनले बताए । कार्वन संचित गरेर पनि थप रकम आर्जन गर्न सकिन्छ । 

निजी र सामुदयिक वनले सफलता पाउँदै गएपछि पनि यहा ब्यक्ती र समुह वन प्रति आकर्षित बनेका हुन् । यस्तै डिभजन वन कार्यालय गौतमबुद्धमा भने ८५ वटा निजी वन दर्ता भएको छन् । डिभिजन वन कार्यालय गौतमबुद्धका अनुसार ३१ हजार ३१६ क्युफीट काठ र ८२ चट्टा दाउरा उत्पादन भएको छ । डिभिजन प्रमुख दुर्गा बहादुर कार्कीले सरकारले सालको काठमा प्रतिबन्ध लागएपछि अहिले काठको आपुर्ति निजी वनले ने धानेको बताए । 

‘वनबाट राम्रो आम्दानी हुने भए पछि केही वर्ष यता निजी वनमा आकषर्ण बढेको उनले बताए । छिटो हुर्कने जातका मसला, सिमल, अर्जुन, जामुन, बकाईनो र टिक जातका विरुवा लगाएका छन्। कपिलवस्तुका दुई डिभिजन वन काार्यलयमा यस वर्ष १२ लाख विरुवा उत्पादन गरी वितरण गरिएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App