१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालिका बलात्कृत

मोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । साथीकोमा सुत्न गएको बेलामा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

गत असार २८ गते साथीकोमा सुत्न गएको बेलामा प्रष्ट बोली नआउने अपांगता भएकी १६ वर्षीया बालिका बलात्कृत भएकी मोरङ प्रहरीले जनाएको छ । ती बालिकालाई बलात्कार गरेको आरोपमा लेटाङ–८ बाट १९ वर्षीय भीम राईलाई प्रहरीले पक्राउ गरेको छ । साथीकोमा सुत्न गएका बेला बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । बलात्कारमा संलग्न राई पीडित बालिकाको साथीका आफन्त हुन् ।  

बलात्कार भएको एक सातापछि परिवारका सदस्यले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको खड्काले बताए । साथीकोमा सुत्न गएकी किशोरी घर फर्किएपछि अप्ठेरो र असजिलो महसुस गर्न थालेकाले परिवारका सदस्यले सोधीखोजी गर्दा बलात्कृत भएको थाहा पाएको एसपी खड्काले भने ।

पक्राउ परेका युवाले किशोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको  र उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App